प्रहरीसँग डिजिटल रेडियो कम्यूनिकेशन, एसएमएस र ग्रुप कल गर्न सकिने

१९ माघ ०७४, काठमाडौं । नेपाल प्रहरीले सूचनालाई प्रभावकारी रुपमा सञ्चार गर्न डिजिटल रेडियो कम्यूनिकेशन लागू गरेको छ ।

शुक्रबार प्रदेश नं. ५ मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक कार्यक्रमका बीच डिजिटल रेडियो कम्प्यूनिकेशन सिस्टमसहितको कमाण्ड सेन्टर उद्घाटन गरेका हुन् । यसअघि पोखरामा पनि डिजिटल रेडियो सिष्टम लागू गरिसकिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले डिजिटल सिष्टम लागू भएसँगै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहज र सुलभ हुने बताए । विस्तारै अन्य क्षेत्रमा पनि यो सिस्टम लागू गरिने बताए ।

उनले भने, ‘यो प्रणालीबाट जीपीएस ट्याकिङसँगै नेटवर्क विजी भएको अवस्थामा कर्मचारीले मोबाइलमा जस्तो प्राइभेट एसएमएस, ग्रुप कल आदि गर्न सक्छन् ।’

यसअघि नेपाल प्रहरीले  एनालग सिष्टम प्रयोग गरेको थियो । जुन सुरक्षाको दृष्टिकोणले बढ्दो प्रविधिसँग असुरक्षित रहेको  थियो ।

तपाइको मत