प्रहरी चौकीमा विष्फोट, एक प्रहरी घाइते

२६ कार्तिक ०७६, रौतहट । रौतहटको इशनाथ नगरपालिका –४ मठिया प्रहरी चौकीमा विष्फोट हुँदा एक प्रहरी घाइते भएका छन् ।

मंगलबार दिउँसो नेपाल भारत सीमा नजिकै रहेको चौकीमा बम विष्फोट हुँदा प्रहरी जवान रन्जित यादव घाइते भएका हुन् । यादव चौकी अगाडी सेन्ट्री बसेका थिए ।

मोटरसाइकलमा आएका भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दन कुमारले प्रहरीलाई लक्षित गरेर बम प्रहार गरेका थिए ।

उनलाई बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेको छन् ।

तपाइको मत