७ बैशाख ०७४, काठमाडौं । प्रहरी प्रधान कार्यालयले डीआइजी नवराज सिलवालसँग संगठनको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण माग गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रहरीको उच्च अधिकारीले महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी दिएका छन् ।
ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो ।
‘संगठनको अनुशासन र प्रहरी नियम उलंघन गरेकामा तपाईँमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टिकरण पेश गर्न’ प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा भनिएको छ ।