प्रहरी महानिरीक्षकमा डीआईजी प्रकाश अर्याल नियुक्त

२८ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठकले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समिति गठन गरेको थियो ।

कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याल प्रहरी प्रमुख

IGP Prakash Aryal

एक मन्त्रीकाअनुसार समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो ।

कार्यसम्पादनमा अर्यालको १५४ अंक, नवराज सिलवालको १५२.४ अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

सर्वोच्चले चन्दको बढुवा खारेज गर्दै कार्यसम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । साथै, चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्ने आशयसहितको परमादेश दिएको थियो ।

तपाइको मत