१३ माघ, काठमाडौं । गृह मन्त्रालयले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखामा रहेका सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ भने काठमाडौं प्रहरी प्रमुखमा छबिलाल जोशीलाई ल्याइएको छ ।
काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापा सेवा अवधिका कारण अवकाश भएपछि काठमाडौं प्रहरी प्रमुख खाली थियो । यसैगरी ललितपुर प्रहरी प्रमुखमा ठुले राई, लागूऔषध नियन्त्रण ब्युरोमा धिरु बस्नेत, अपराध महाशाखामा दिनेश अमात्यलाई ल्याइएको छ ।