२२ असार ०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।
आइतबार संसदमा बोल्दै भुसालले व्यक्तिले जन्मको आधारमा नभई, आफ्नो कर्म, योग्यता, क्षमता र जनमतका आधारमा अघि बढ्न पाउनुपर्छ भन्दै गणतन्त्रको आन्दोलन गरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्षभन्दा बढी भइसकेपनि राज्यका निकायमा अझै पितृसत्तावादी संथाहरु कायमै रहनु दुखद भएको बताइन् ।
‘श्रीमानका जागिरको आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख, शासन प्रमुखसँग सम्बन्ध गाँसे बापत महारानी हने, उनका छोरा–छोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन् ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’
‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन् । राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ’ भुसालले भनिन् ।’
‘अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी परिवार श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने बताउँदै उनले त्यस्ता श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेकाले यस्तो प्रचलन गणतन्त्रसँग मेल नखाने भएकोले यस्ता हिजोको परिवार र वंशवालमा आधारित पितृसत्तावादी समान्ति संस्थाको यथास्रिघ खारेज गरियोस् –उनले भनिन् ।’
त्यस्तै, प्रधानसेनापतिले आफ्नो श्रीमतिलाई महारानी नभनियोस् भनेर दिएको निर्देशन मैले सुनेको थिए त्यो सकारात्मक निर्देशन हो ।














