फोरमले विभिन्न १० जिल्लाका प्रहरी हिरासतको भ्रमण गरी १ हजार २ सय १२ जना थुनुवासँग गरेको छलफलका आधारमा हिरासतहरु यातना केन्द्रको रुपमा परिणत हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
शनिबार प्रहरीकै उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्दै हिरासतमा रहेका मध्ये १७ दशमलव २ प्रतिशत थुनुवालाई यातना दिने गरिएको बताएको छ ।
थुनवाहरुलाई बाँसका लाठी, प्लाष्टिकका पाइप र लात्तीले कुट्ने, श्वासप्रश्वास अवरुद्ध हुने गरी नाक र मुखमा पानी खन्याएर, ज्यान मार्ने धम्की दिएर तथा झुटो बयान दिन करकाप गरेर यातना दिने गरिएको दाबी प्रतिवेदनमा गरिएको छ । एड्भोकेसी फोरमका निर्देशक ओमप्रकाश सेन ठकुरीले प्रहरी हिरासतमा रहेका मध्ये २१ दशमलव ८ प्रतिशत बालबालिकामाथि अमानवीय व्यवहार भइरहेको बताए ।
तर, प्रहरी उपरीक्षक पूजा सिंहले थुनुवाहरुसँग मात्र छलफल गरेर तयार पारिएको प्रतिवेदन एकपक्षीय र हावादारी भएको प्रतिक्रिया दिइन् ।
एड्भोकेसी फोरमले यातना पीडितहरुका लागि अन्तर्राष्ट्रिय सहयोग दिवसको अवसर पारेर यातना निरन्तरता शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो ।