प्राधिकरण बोर्डका कतिपय सदस्यहरुले षडयन्त्र गरिरहेका छन् – उर्जामन्त्री

२७ मंसिर, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ न्यूनीकरण गर्ने सरकारको अभियानविरुद्ध राजनीतिक क्षेत्रबाट समेत अवरोध सुरु भएको गुनासो गरेका छन् ।

sharma

मन्त्री शर्माले प्रधानमन्त्री कार्यालयमा विद्युत चुहावट नियन्त्रण सम्बन्धी आयोजित बैठकमा लोडसेडिङ न्यूनीकरण अभियानलाई असफल पार्न एमालेले षडयन्त्र शुरु गरेको बताएका हुन् ।

उर्जा मन्त्री शर्माले भारतबाट विद्युत आयात गर्न निर्माणाधीन रक्सौल-परवानीपुर प्रसारण लाईनको काम रोक्न एमालेसहित केही राजनीतिक दलले अवरोध सृजना गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

मन्त्री शर्माले लोडसेडिङ अन्त्यका लागि टेक्निकल र नन टेक्निकल चुहावट रोक्ने विषय भन्दा बिद्युत प्राधिकरणमा यसअघि हुने गरेको भ्रष्टाचार र कालाबजारी मुख्य समस्या रहेको बताए ।

‘अहिले पनि प्राधिकरण बोर्डका कतिपय सदस्यहरुले विद्युत जेनेरेशन कम्पनी निर्माण हुन नदिने षडयन्त्र गरिरहेका छन्’ उर्जा मन्त्रालयद्धारा स्पष्टीकरण सोधिएका प्राधिकरण संचालकत्रय लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेप्रति इंगित गर्दै उनले भने, ‘त्यस्तो अवरोध नहटाई अघि बढ्न सम्भव छैन ।’

तपाइको मत