प्रा.डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

२४ पुस ०७४, काठमाडाैं । प्रहरीले सोमबार राति प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट  गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले पक्राउ आदेश दिएपछि प्रहरीले डा. केसीलाई अनसनस्थलबाट पक्राउ गरेको हो ।

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान नौ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको छ ।

डा. केसीले सोमबार १४ औँ पटक अनसन घोषणा गरी  दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो ।

डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबार सर्वोच्चमा अवहेलना मुद्दा दिएका थिए ।

 

 

तपाइको मत