काठमाडौं । संगीतकार अर्जुन पोखरलले संगीत भरिरहेको चलचित्र ‘प्रेमगीत २’ को निर्माण पक्षसँग विवाद उत्पन्न भएपछि उनले २ वटा गीत तयार पारिसकेपछि यो चलचित्रको संगीतबाट हात झिकेको बताएका छन् भने चलचित्रका निर्माता सन्तोष सेनले उनलाई निकालेको बताएका छन् ।
गतवर्ष रिलीजमा आएको ‘प्रेमगीत’ फिल्म गीत संगीतकै कारणले निकै चर्चामा आउन सफल भयो र दर्शकहरुले रुचाउनका साथै ब्यापार पनि उत्कृृष्ट ग¥यो । अहिले निर्माता सन्तोष सेन भने सोही फिल्मको दोस्रो सिक्वेल फिल्म‘प्रेमगीत २’ निर्माणमा लागिपरेका छन् ।
प्रेमगीतको सिक्वेल ‘प्रेमगीत २’ पनि अर्जुन पोखरेललाई नै सबै गीत संगीतको जिम्मा निर्माता सेनले दिएका थिए र संगीतकार पोखरेल पनि उक्त काममा सहमत नै थिए । तर, अहिले आएर संगीतकार पोखरेलको निर्माता सेनसँग कुरा नमिले पछि उक्त कामबाट हात झिकेका छन् ।
‘प्रेमगीत २’ फिल्मको गीत संगीतको जिम्मा पाएका संगीतकार पोखरेलले निर्माता सेनको किचकिच सहन नसकेर हात झिकेको पनि बताउँछन् ।
संगीतकार अर्जुनका अनुसार चलचित्र ‘प्रेमगीत’मा मिलेर काम गरेका सन्तोषसँग विवाद उत्पन्न हुनुको मुख्य कारण ‘म यस्तो गीत गाउँछु’मा पनि उनले नै संगीत भर्नु हो । ‘म यस्तो गीत गाउँछु’का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको बिषयमा निर्माता सन्तोष सेन र उनको टिमले नराम्रो कुरा काटेपछि लफडा सुरु भएको हो ।
कुनै एक व्यक्तिसँग सन्तोषले गरेको नराम्रो कुराको अडियो पूजा र सुदर्शनसम्म पुग्यो । अडियो पुर्याउने दोष अर्जुनमाथि लागेपछि चिसो सम्बन्ध सुरु भएको थियो । यसपछि, उनले भरेको संगीतमा निर्माणपक्षले चित्त वुझाउन छाड्यो । अर्जुन भन्छन्-‘उहाँहरुले मेरो संगीतमा ध्यान दिनै छाड्यो । यतिसम्म कि, अञ्जु पन्त दिदीले एक दिन पछाडि गीत गाउँछु भन्दा गीत गाउनै दिइएन ।’