
२४ भदौ, जनकपुरधाम । नेकपा माओवादी केन्द्र निकट रहेका पत्रकारहरुको संगठन प्रेस सेन्टरको बिहीबार धनुषामा जिल्ला एकता भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
जनकपुरमा सम्पन्न एकता भेलाले दिपेन्द्र सिंहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन गरिएको छ । समितिका उपाध्यक्षमा रामएकवाल महरा, उपाध्यक्षमा दीपक कुमार मिश्र र ज्योती झालाई चयन गरिएको छ ।
यस्तै सचिवमा गोविन्द महतो , सह-सचिवमा प्रतिभा झा र राजेश सक्सेना, कोषाध्यक्षमा नेहा झा रहेका छन् ।
यसैगरी सदस्यहरुमा जितेन्द्र सिंह, अमरेन्द्र कुमार यादव, सुदीप कुमार शर्मा, अनिल कुशवाहा, राजेश महतो र गोविन्द ठाकुरलाई चयन गरिएको छ ।
यस्तै धनुषा जिल्ला कार्य मितिको सल्लाहकार समितिमा सेन्टरका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष अनिल मिश्र, सुरेश यादव, संजिव मण्डल, दीपक कर्ण, विनोद महतो छन् ।
भेलामा अतिथिका रुपमा प्रदेश नं. २ का ईन्चार्ज एसबी थापा मगर, प्रदेशका संयोजक देवाराम यादव, सहसंयोजक जितेन्द्र श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो ।
यसैगरी सेन्टरका केन्द्रीय सचिवालय सदस्य किरण कुमार कर्ण, माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक यादव, वरिष्ठ पत्रकार तथा सेन्टरका केन्द्रीय सल्लाहकार बीएम खनाल, सेन्टरका केन्द्रीय सदस्य सुरेश यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलगायतको उपस्थिति रहेको भेला सेन्टर प्रदेश नं. २ का सह-संयोजक शैलेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस अघि गएको श्रावण २७ गते सेन्टर धनुषाको एकता भेला तथा अधिवेशनको उदघाटन भएपनि सो दिन केही विवादको कारण सहमतीय प्रक्रियाबाट समिति चयन हुन नसकेपछि बन्द सत्र स्थगित गरिएको थियो ।