प्लेकार्डमै किन लेखियो ? वालुवाटार चुप, टंगालको ज्यादती !

४ भदौ, काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी र उनका समर्थकहरुले “वालुवाटार चुप, टंगालको ज्यादती ! सभामुख चुप, संसदको बेइज्जती ! लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेर दबावमुलक सडक अभियान थालेका छन् ।

Baluwatar 1

डा. केसी र उनका समर्थकहरुले डा. केसीको आमरण अनसन तोडाउने क्रममा भएको सहमति कार्यान्वयनको माग गर्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा पाँच जनाले सेतो पट्टीमा बेरिएर प्रचण्डको कान कता छ ? लोकमानको मनोमानीमा किन मौन ? भन्दै डा. केसीका समर्थकहरुले लोकतन्त्र कि लुटतन्त्र भनी प्रश्न गरेका छन् ।

Baluwatar

डा. केसीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा मुलुकमा अहिले लोकतन्त्र होइन, लोकमानतन्त्र रहेको बताए । उनले नेता र सांसदहरुले लोकमानको चाकडी गरिरहेको आरोप लगाउँदै लोकमानलाई महाअभियोगको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

डा. केसीको समर्थनमा भएको प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला पनि सहभागी थिए भने संग्रौलाले आफूहरुको प्रश्न लोकमानलाई नभई लोकमान बनाउनेहरुसँग भएको बताए ।

तपाइको मत