फर्पिङमा बस दुर्घटना हुँदा ३३ घाइते, २ को घटनास्थलमै मृत्यु

१५ चैत्र ०७४, काठमाडौं । दक्षिणकालीबाट रत्नपार्कतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनका साथै ३३ जना घाइते भएका छन् ।

बिहीबार दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा खाल्डोका कारण अनियन्त्रित भएर बस बा १ ख ९९९९ पल्टिँदा २ जना को घटनास्थलमै  र गम्भीर घाइते मध्ये २ जनाको वयोधा हस्पिटलमा मृत्यु भएको हो ।

घाइते मध्ये १७ जनाको वयोधा हस्पिटलमा र बाँकीको मनमोहन सामुदायिक अस्पताल फर्पिङमा उपचार भइरहेको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

दुर्घटनामा दक्षिणकाली नगरपालिका ५ की ४२ वर्षीय मञ्जु बस्नेत र वडा नम्बर ३ का २५ वर्षीय सुनिल श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।

 

तपाइको मत