२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फास्ट ट्र्याक निर्माणका लागि निजगढबाट पैदल मार्गबाट ज्ञापनपत्र बुझाउन आएका युवाहरुको ज्ञापनपत्र बुझ्दै फास्ट ट्र्याक नेपाल आफैले बनाउने निर्णय गरी सकिएको बताएका छन् ।
सोमबार दिउँसो ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं-निजगढ फास्ट ट्र्याक नेपाल आफैंले बनाउने बताएका हुन् ।
‘युवाहरुको यो अभियान सरकारका लागि नैतिक दवाव र उर्जाको अर्थमा लिएको छु’ भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ भन्नेमा स्पष्ट छ । सरकारले छिटै काम अघि बढाउँछ । फास्ट ट्र्याक निर्माणका लागि तपाईहरुले जुन सामग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु ।’
राजनीतिक उद्धेश्यका लागि त यस्ता पैदल यात्रा धेरै भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकासका लागि पैदल यात्रा र दवाव त्यति धेरै नभएकाले यवाहरुको चासोलाई सरकारले गम्भीरतापूर्वक दिने बताए ।