फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटियो

२२ कार्तिक ०७४, पाँचथर ।  फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ ।

बिहान पाँच बजेतिर पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै स्थानीयले बम देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् ।

सुरक्षा निकायका अनुसार जगभित्र बिस्पोटक पदार्थ राखेर जगलाई बम बनाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले बिहानै बम डिस्पोज गरेको हो ।

तपाइको मत