फिदिम बजारमा आगोलागी

२६ माघ ०७४, पाँचथर । फिदिम बजारको एक घरमाआगोलागी भएको छ ।

शुक्रबार दिउँसो बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगोलागी भएको हो । पक्की घरको छतमा जस्तापाताले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो ।

बाक्लो बजारबीच घरबाटै आगलागी सुरु भएपछि बजारभरिका मान्छे आत्तिएका थिए । दमकलको सहयोगमा स्थानीय बासिन्दा, जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट निरौलाको १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । समयमै आगो नियन्त्रणमा लिएकाले फिदिम बजार ठूलो आगलागीबाट बचेको प्रहरीले भनाइ छ ।

तपाइको मत