२६ साउन ०७४, काठमाडौं । फिफाको विश्व वरियतामा नेपाल एक स्थानमाथि उक्लिएको छ ।
बिहीबार फिफाले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा उक्लिएको हो ।
यस्तै सार्क देशमा भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा छ भने माल्दिभ्स १४२ औं स्थानमा छ । अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएको बंगलादेश १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।
यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । रुस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको छ भने जर्मनी दोस्रो स्थानमा छ ।