फोरमले समानुपातिक सांसदको नाम टुंगो लगायो

२८ माघ ०७४, काठमाडौं । संघीय समाजवादी फोरमले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरमले समानुपातिकमा ६ सिट पाएको फोरमले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

समानुपातिकमा पर्ने फोरमका सांसदमा खस महिलाबाट रेणु यादव र सिरता गिरी छन् । मुस्लिमको तर्फबाट रुही नाद सांसद बन्ने भएकी छिन् भने जनजातिबाट राजेन्द्र श्रेष्ठ सांसद बन्ने भएका छन् ।

त्यसैगरी जनजाति महिलामा रेणुका गुरुङ र दलित महिला कोटामा कलुदेवी विश्वकर्मा सांसद बन्ने भएका छन् ।

तपाइको मत