फौजदारी कसुरसम्वन्धी विधेयक पास : तस्बिर बिगारेर विकृत बनाए दुई वर्ष जेलको बास

५ फागुन, काठमाडौं । संसदको विधायन समिति अन्तर्गतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक बिहीबार पास गरेको छ । जसमा तस्बिर बिगारेर विकृत बनाउनुलाई अपराध मानिएको छ ।

उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयकमा कसुर गरेमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था गरेको छ ।

उपसमिति संयोजक कृष्णभक्त पोखरेलकाअनुसार यसलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरिएको छ । केही गुनासाहरु पनि आएका कारण जेल सजायँको अवधि केही घटाउन सक्नेछ ।

हिजोआज सामाजिक सञ्जालमा कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्ष नेताकै तस्बिर बिगारेर तथा अर्कै तस्बिरसँग जोडेर राख्नेहरु दिनानुदिन बढिरहेकै बेला उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक ल्याएको हो ।

तपाइको मत