४ जेठ ०७७, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई बन्दाबन्दीको समयावधि बढाउन सिफारिस गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी उपयुक्त विधि भएको उल्लेख गर्दै यसलाई लम्याउन र थप व्यबस्थित साथै कडाइ गर्न सिफारिस गरिएको हो ।
समितिका सचिव नारायण विडारीले जथाभावीरुपमा गरिएका थुनछेक अवरोध हटाउने तर सबै स्थानमा प्रहरी परिचालन गर्नुपर्ने तथा आपूर्ति ब्यबस्थालाई थप व्यबस्थित गर्ने जस्ता विषयमा पनि सिफारिस गरिएको बताए ।
यस्तै स्थानीय तहमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको छ । बन्दाबन्दी कहिलेसम्म गर्ने विषयमा मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ ।