बम समातेर फ्याक्ने रानालाई पुरस्कार दिने गृहमन्त्रीको घोषणा

१४ असार ०७४, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा हवल्दार रानालाई बहादुरीको कदर गर्दै पुरस्कृत गर्ने गृहमन्त्री जर्नादन शर्माले बताएका हुन् ।  साथै, शर्माले टेलिफोन गरेर रानालाई धन्यवाद दिएका छन् ।

बुधबार अम्बास मतदान केन्द्रमा स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी सर्वसाधारणमाथि प्रहार गरिएको बम हवल्दार  रानाले भुइँमा खस्न नपाउँदै च्याप्प समातेर बाहिर हुत्ताइदिएका थिए । भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो ।

उनले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाएका छन् ।   रानाले जनताको रक्षा गर्नु नै आफ्नो धर्म भएकाले बम समातेको प्रतिक्रिया दिएका छन् ।

तपाइको मत