बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी

३ जेठ ०७९, सर्लाही । जिल्लाको बलरा नगरपालिकाको मेयर र उपमेयर नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।

मेयरमा रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएकी हुन् ।

कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

यस्तै, उपमेयरमा निर्वाचित कोशिला देवीले ४ हजार ३५१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रागनदेवीले ३ हजार ७४० मत ल्याएकी थिइन् ।