बलात्कार प्रयासको आरोप लागेका उपमेयरमाथि अनुसन्धान सुरु !

२४ भदौ ०७९, जनकपुरधाम । बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

सिरहा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका उपमेयर महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

साउन ४ गते उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने प्रलोभन देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् ।

बलात्कार प्रयासको आरोप लागेका महतो उजुरी दर्ता भएपछि सम्पर्कबिहीन थिए ।