बल्छीमा माछो होइन् भ्यागुता फसेपछि नयाँ जाल बुन्दै दिल्ली !

२७ बैशाख, काठमाडौं ।

Balchhi

तस्बिर : जनमञ्चबाट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादी महासचिव कृष्णबहादुर महरालाई नयाँ दिल्ली बोलाएर मोहोरा बनाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकार ढाल्ने भारतीय योजनाले नेपाली राजनीतिमा केही दिन हलचल नै ल्याइदियो । तर, उसको योजना एमाले र एमाओवादी बिचको ९ बुँदे सहमतिले तुहाइदियो ।

एमाले–एमाओवादी सरकार नौ बुँदे सहमतिपछि झन् सशक्त बनेकाले ओली सरकार गिराउन र प्रचण्डलाई देखाइदिन दिल्लीले सरकारमा रहेका साना दलहरुलाई विभिन्न प्रलोभन दिई सरकार छाड्न लगाउने यदि त्यसो गर्न सम्भव नभए साना दलहरुलाई फुटाएरै भएपनि सरकार गिराउने खेल खेल्न सुरु गरेको छ ।

यही योजना अनुरुप दिल्लीले आफ्नो स्वार्थ पूरा गर्न राप्रपा नेपाल र राप्रपालगायत केही दलभित्र चलखेल गरेको स्रोत बताउँछ ।

पछिल्लो समय भारतलाई प्रचण्डले देखाई दिएपछि अब दिल्लीले पनि प्रचण्डलाई पनि देखाइदिने गरी  तयारी गरिरहेको छ’ स्रोत भन्छ– ‘राप्रपा नेपाल, विजय गच्छदारको फोरम, राप्रपालगायतका दलहरुलाई आफ्नो योजनामा सहमत गराउन दिल्लीले नयाँ बल्छी खेल्दैछ । त्यसका लागि भारतले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई साथ लिएर चलखेल तीब्र बनाएको छ ।’

तपाइको मत