बहुला कुकुरले टोक्यो भने त म पनि बहुलाउँछु – मैनाली

१८ मंसिर, काठमाडौं । नेकपा मालेका सांसद सीपी मैनालीले व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्नेक्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेन ?’ भनेपछि संसद अवरुद्ध भएको थियो ।

male-cp

संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा माले महासचिव मैनालीले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरेका थिए ।

मैनालीको अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे । र, सत्तारुढ दलका सांसदले समर्थन गर्दै होहल्ला गरे ।

अभिव्यक्तिलाई सच्याउन खोजेका मैनालीले शब्द दोहोर्‍याउँदै भने, ‘मैले कसैलाई भनेको होइन बास्तविक कुकुरलाइ भनेको हो, बहुलाह कुकुरले टोक्यो भने त म पनि बहुलाउँछु नि।’

सत्ता पक्षका सांसदहरूले उक्त शब्द हटाउन माग गरेलगतै सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । र, प्रक्रिया अघि बढ्यो ।

तपाइको मत