५ फागुन ०७७, काठमाडौं । नेकपा (प्रचण्ड–माधव) समूहका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको बताएकी छन् ।
सभामुख सानुकुमार श्रेष्ठले आज बस्ने भनिएको प्रदेश सभा बैठक बिहान ६ बजे नै सूचना टाँसेर स्थगित गरेपछि नेतृ शाक्यले यस्तो बताएकी हुन् ।
दलहरुबीचको सहमतिअनुसार प्रदेशसभा बैठक सभामुखले सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरेपछि नेपाली कांग्रेस र साझा विवेकशील पार्टीले पनि विरोध जनाएका छन् ।
प्रचण्ड–माधव समूहले आजै उपसभामुख राधिका तामाङलाई विरोधपत्रलाई विरोध पत्र बुझाएको छ ।
मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए । तर, बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो ।
नेकपा (प्रचण्ड–माधव) समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सभामुख संघीय सरकारको आदेशपालक बनेर लगातार बैठक छल्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ ।