बागमती सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान – प्रधानमन्त्री

600-300

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताएका छन् ।

शनिबार बिहान शंखमूलमा बागमती सफाई महाअभियानको २००औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘नेपाल प्राकृतिक रुपमै सुन्दर देश हो । यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ । बागमती सफाई महाअभियान आफैमा मौलिक अभियानका रुपमा स्थापित हुन पुगेको छ ।’ प्रधानमन्त्रीले भने, बागमती सभ्यताको संरक्षण अभियानमार्फत् देशैभरको फोहोर सफा गर्ने गरी आजैदेखि राष्ट्रिय सरसफाई अभियानको समेत घोषणा गरिएको छ । यो अभियानमा नेपाल सरकारको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीले बागमती सफाई अभियानले देशको राजनीतिलाई सफाई गर्न ठूलो प्रेरणा मिलेको भन्दै नेपालीहरुको राष्ट्रिय पहिचानको अभियानका रुपमा यसको विकास हुँदै गरेकोमा अभियानमा सहभागी सबैमा आभार प्रकट गरेका छन् ।

तपाइको मत