१२ माघ ०७४, बागलुङ । प्रतिनिधिसभा सदस्यमा बागलुङ २ बाट निर्वाचित सांसद एवं माओवादी केन्द्रका नेता दुई सांसदमाथि हातपात भएको छ ।
बिहीबार राती ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार स्थित मिराज होटलमा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेता तुल्सीराम अर्यालले हातपात गरेका हुन् । अर्याल माओवादी केन्द्र आयोजक समितिका सदस्य हुन् ।
माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए ।
बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए ।
सांसदमाथिको हातपात तथा दुव्र्यवहारबारे प्रश्न गर्दा माओवादी नेता अर्यालले घटना स्वीकार गर्दै अर्यायले भने -‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो । हामी यिनीहरुलाई जिताउन चाहिने, दिलोज्यान दिएर हिड्नुपर्ने, अहिले चुनाव जितेपछि कार्यक्रममा जाँदा समेत वास्ता नगर्ने ?
२०७० को संबिधानसभा सदस्य निर्वाचनमा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए ।













