१३ साउन ०७७, बागलुङ । जिल्लामा अबिरल वर्षा भएसँगै आएको पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार देखिभएको बर्षासँगै आएको पहिरोले पुरिँदा तमानखोला गाउँपालिका–२ का पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको जानकारी दिएको छ ।
यस्तै प्रहरीले निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको र पहिरोमा परेर अन्दाजी ५वर्षीय समिर परियारको मृत्यु भएको बताएको छ । साथै, सोही गाउँपालिकामा पहिचान नखुलेको अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको प्रहरीले बताएको छ ।