बाढीबाट कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति – कृषि विकासमन्त्री

३ भदौ ०७४, काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादवले पछिल्लो पटक आएको बाढीबाट कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री यादवले कृषि क्षेत्रमा बढी क्षतिभएको भन्दै केही दिनमा नै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

‘कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएकोले हामी मर्माहत भएका छौं, यो अपुरणीय क्षति हो’ मन्त्री यादवले भने, ‘धान खेत नष्ट भएका छन्, माछापालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन् ।’

क्षति कति भएको हो ? र कति राहत दिने ? भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको भन्दै उनले १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने बताए ।

बैंकबाट ऋण लिएका किसानलाई छुट दिने कि मिनाहा गर्ने विषयमा समितिले काम गरिरहेको बताए ।

तपाइको मत