२९ असार ०७६, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ भने ३५ जना बेपत्ता भएका छन् ।
सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको भने प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको जनाएको छ । ललितपुर र भोजपुरमा ५/५ जनाको मृत्यु भएको छ भने काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा १/१ गरी जम्मा दुई जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशको डोल्पामा २ जनाको मृत्यु भएको तथ्यांक छ ।













