बाबा रामदेव गोर्खाल्याण्डकाे पक्षमा उभिए (भिडियाेसहित)

३ असार ०७४, दार्जिलिङ । याेगगुरू बाबा रामदेवले गाेर्खाल्याण्डकाे पक्षमा वकालत गरेका छन् । उनले तीन वर्षअघि दिएकाे अभिव्यक्तिले यतिबेला पुन:चर्चा पाएकाे छ ।

उनले एक भिडियाे क्लीपमा नेपालभाषी दार्जिलिङका भारतीयहरूकाे पक्षमा वकालत गर्दै गाेर्खाल्याण्ड बन्नु पर्ने बताएका छन् ।

हिन्दुस्तानमा नेपालीभाषीहरूलाई गाेर्खाल्याण्ड नदिए अपमान हुने भन्दै उनले मराठी, हिन्दी, तलेगु, अासामी, बंगाली जस्तै नेनेपालीमूलका नेपालीभाषीकाे सम्मान हुनुपर्नेमा जाेड दिएका छन् ।

भारतकाे शानका लागि इमानदारीपूर्वक लड्ने नेपालभाषी भारतीयलाई गोर्खाल्याड दिनु उचित भएकाे भन्दै उनले जब देशमा बंगाल, महाराष्ट्र बन्नसक्छ भने नेपालीले बसोबास गरेको क्षेत्र गोर्खाल्याड किन बन्न नहुने भनी तर्क पेश गरेका छन् ।

दार्जिलिङमा तनाव जारी

पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ ।

पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनको कार्यालय रहेको छ जहाँ प्रदर्शन भइरहेको थियो ।

क्याबिनेट मिटिङ पछि ढुंगामुढा भएको थियो भने सरकारी बस जलाइएको थियो ।

गोर्खा जनमुक्ति मोर्चाको सदस्यमाथि आरोप छ, उनीहरुले प्रहरीमाथि हमला गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो भने सेना पनि तैनाथ गर्न परेको थियो ।

यसलगत्तै मोर्चाले बन्दको आह्वान गरेको छ । तर, अहिलेको सघंर्षको केन्द्रमा ममता बनर्जी र मोर्चाका नेता विमल गुरुङबीचको तनाव रहेको छ ।

गोर्खा जनुमक्ति मोर्चा र सरकारबीच किन तनाव भइरहेको छ ?

पश्चिम बंगला सरकारले हालै मात्र एक अधिसूचना जारी गरेको छ जसमा विद्यालयमा बंगला भाषा पढ्न अनिवार्य बनाइएको छ ।

यसैको विरोधमा मोर्चाले दार्जिलिङ र कलिम्पोङ जिल्लामा प्रदर्शन गरिरहेको छ । यस मामिलामा ममता बनर्जी र विमल गुरुङबीच तनाव जारी छ ।

यद्यपि, बनर्जीले यो आदेश पहाडी क्षेत्रमा अनिवार्य नभएको स्पष्ट पारिसकेकी छिन् । उनीहरुलाई यो विषय ऐच्छिक रहेको बताएकी छिन् । तर, मोर्चा यो मान्नका लागि तयार छैन ।

गोर्खाल्याण्ड मुद्दामा ममताले निकै समर्थन गरेकी थिइन् । अहिले के भयो ?

यो निकै पेचिलो मामिला हो । ममता बनर्जी जब सत्ता आइन्, त्यसपछि गोर्खाल्याण्ड सम्झौता पास भएको थियो । उनी त्यसपछि पहाडमा गएर मिटिङ गर्थिन् । उनको योजना अनुसार नै गोर्खा जनमुक्ति मोर्चा अन्तरगत आउने सबै जनजाती जस्तै राई, लेपचा, शेर्पा आदिका लागि अलग अलग विकास बोर्ड बनाइएको छ । जसअन्तरगत राज्य सरकारबाट आर्थिक सहयोग सिधै यिनै बोर्डमा जाने गरेकाे छ ।

यसले गर्दा मोर्चाको महत्व कम हुन थालेको गुरुङको बुझाई छ  । यही कारण विमल गुरुङ र जिटिएलाई मोर्चाको नियन्त्रण खत्तम हुने डर पैदा भयो । गोर्खाको नेतृत्वलाई ममता बनर्जीले उनीहरुको क्षेत्रमा हस्तक्षेप गरेको लागिरहेको बेला भएको राज्यको निर्णयले संघर्ष शुरु भएको हो ।

कस्ता नेता हुन् गुरुङ ?

विमल गुरुङ सुभाष घिसिङको जमानामा युवा नेता थिए । उनीसँग पहाडी क्षेत्रको यातायातको युनियन हेर्न जिम्मा थियो ।

दार्जिलिङ गोर्खा हिल काउन्सिको प्रमुखको रुपमा २० वर्ष बिताएपछि घिसिङलाई सन् २००५ मा ‘केयर टेकर’ बनाइएको थियो । यसपछि घिसिङ र गुरुङको गुटबीच दुरी बढ्न थाल्यो । दुरी बढेसँगै सन् २००६–०७ मा गुरुङले गोर्खा मुक्ति मोर्चा नाम दिएर नयाँ पार्टी नै खोल्न पुगे ।

यो स्पष्ट छ कि गोर्खा जनमुक्ति मोर्चाको जनाधारमा निकै नोक्सान भएको छ । गत महिना भएको नगर निगम चुनावमा टिएमसीको सभासद निर्वाचित भएका छन् ।

यसबाट स्पष्ट छ कि मोर्चाले धेरै जनसमर्थन गुमाएको छ । यसबाट मोर्चा सशंकित बनेको छ । उनीहरुको कोशिस छ कि यो प्रदर्शन धेरै बढोस् ।

कसरी पहाडी क्षेत्रको जनप्रिय नेता बने विमल गुरुङ ?

गुरुङले अखिल भारतीय संगीत प्रतियोगितामा कोलकाता प्रहरीका एक कन्सटेबललाई जिताउन त्यस क्षेत्रमा ठूलो प्रचार गरेका थिए । जसबाट उनलाई निकै फाइदा भएको थियो ।

यसपछि उनी सन् २००७–०८ मा पहाडको प्रमुख नेताका रुपमा स्थापित भए र विस्तारै घिसिङको पकडलाई कमजोर बनाउँदै गए । जनप्रिय नेताको रुपमा उदाएपछि उनले गोर्खाल्याण्डको माग गरे र सन् २०११ को जुलाईमा जिटिए सम्झौता पास भयो ।

अब विवादको समाधान के ?

यो स्पष्ट छ कि गोर्खा जनमुक्ति मोर्चाको जनाधारमा निकै नोक्सान भएको छ । गत महिना भएको नगर निगम चुनावमा टिएमसीको सभासद निर्वाचित भएका छन् ।

यसबाट स्पष्ट छ कि मोर्चाले धेरै जनसमर्थन गुमाएको छ । यसबाट मोर्चा सशंकित बनेको छ । उनीहरुको कोशिस छ कि यो प्रदर्शन धेरै बढोस् ।

यही कारण सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ भने निजी संस्थान खुला छ । यो प्रदर्शनबाट मोर्चाले आफ्नो समर्थन मापन गर्न खोजिरहेको छ । उता, ममता बनर्जीले पनि सीधै मुठभेडको संकेत दिइसकेकी छिन् । (न्युजडेक्सइण्डीया डटकम भिडियो क्लीप/बीबीसीकाे सहयाेगमा)

तपाइको मत