बाबुरामलाई आफ्नै नेताहरुको सुझाव : उपेन्द्रको पार्टीसँग चुनाव अघि एकता नगर्दा राम्रो

६ बैशाख ०७४, काठमाडौं । नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा डा.बाबुराम भट्टराईलाई नेताहरुले संघीय समाजवादी फोरमसँग चुनाव अघि एकता नगर्दा राम्रो हुने सुझाएका छन् ।

Naya shakti

बुधबरबाट सुरु भएको परिषदको बैठकमा उपेन्द्र यादवले चुनाव बहिस्कारको बाटो लिएको भन्दै नयाँ शक्ति पार्टीका नेताहरुले चुनाव अघि संघीय समाजवादी फोरमसँग पार्टी एकता नगर्न नेतृत्वलाई दबाव दिएका हुन् ।

‘चुनाव अघि एकता नगर्दा राम्रो भन्ने मत आएको छ,’ स्रोतले भन्यो, ‘संघीय फोरम आन्दोलनमा छ । एकतापछि पनि उहाँहरु चुनावमा जाने माहोल बनेन भने हामीलाई अप्ठ्यारो पर्छ ।’

नयाँ शक्तिका नेताहरुले केही दिन अघि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच बैशाख पहिलो साताभित्र पार्टी एकता हुने दाबी गरेका थिए ।

तर, उपेन्द्र यादव नेतृत्वको संघीय गठवन्धन र मधेसी मोर्चाले स्थानीय तहको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम नै घोषणा गरिसकेको भन्दै नयाँ शक्तिको बैठकमा नेताहरुले पार्टीको ध्यान चुनावमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ शक्तिका एक नेताले चुनाव चिन्ह प्राप्तका लागि कठोर आन्दोलन गर्न तयार हुनु पर्ने भन्दै वैशाख ३१ गते नै स्थानीय चुनाव गर्नु पर्ने  निचोड निकालेको छ ।

तपाइको मत