५ जेठ ०७९, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।
नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवश चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् ।
डा.बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, नयाँ गठबन्धनका उम्मेदवारहरू पराजित भए ।













