बाम गठबन्धन देखेर प्रधानमन्त्री बर्बराउन थाले – अधिकारी

२६ कार्तिक ०७४, तनहुँ । म्याग्दे गाउँपालिका २ मा बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन तथा प्रचार-प्रचार कार्यालयकाे उदघाटन गरेका छन् ।

साेमबार बिहान जामुनेमा एक कार्यक्रमकाे अायाेजना गरी माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा म्याग्दे गाउँपालिका इन्चार्ज शम्भु अधिकारी र एमाले जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले बाम गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा म्याग्दे गाउँपालिका अध्यक्ष इन्द्र अधिकारीले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेर बहादुर देउवा बाम गठबन्धन देखेर अत्तालिएर बर्बराउन थालेकाे बताए ।

‘दुई तिहाई भन्दा बढी मत बाम गठबन्धनकाे पक्षमा देखेपछि प्रधानमन्त्री बर्बराउन थालेका छन्, अधिकारीले भने, ‘गठबन्धनको पक्षमा जनमत देखेपछि कम्युनिष्टले अधिनायकवाद लाद्ने भनेर प्रधानमन्त्रीले झुठो कुरा गरेका छन् ।’

नेता अधिकारीले एमाले-माअाेवादी गठबन्धनकाे चुनावी तालमेल र पार्टी एकतालाई राेक्ने षड्यन्त्र भए त्यसको भण्डाफाेर गर्दै गठबन्धन अघिबढ्नु पर्नेमा जाेड दिए ।

यसैगरी एमालेका जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले बाम गठबन्धनको पक्षमा निसंकाेच लाग्नु पर्ने भन्दै मसिनाे गरी गाउँसम्म पुग्न जरुरी रहेकाे बताए ।

‘एमालेले त्यहाँ माअाेवादी छ, भइहाल्छ नि भन्ने, अनि माअाेवादीले पनि एमाले छँदैछ गठबन्धनले जितिहालिन्छ भनेर बस्नुहुँदैन, श्रेष्ठले भने, ‘हामी एकले अर्कोतर्फ हेर्दा भ्रष्टाचारी र पैसा खर्चिनेले जनमतलाई दायाँबायाँ पार्नसक्छ, त्यसतर्फ सचेत हुँदै मसिनाे गरी जनमतलाई एकीकृत गर्न लाग्नुपर्छ ।’

काँग्रेसले हाउगुजी देखाएर पैसाकाे बलमा अाँखामा छाराे हाल्न सक्ने भन्दै महिला समूह र युवाहरूलाई भ्रम दिन सक्ने भन्दै त्यसतर्फ सचेत हुनु पर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका सचिव एसबी थापा, एमालेका प्रदेशसभा सल्लाहकार उपेन्द्र घिमिरेले बाम गठबन्धनको चुनावी तालमेल र पार्टी एकता संयाेजन समितिकाे अाैचित्य बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागीहरूले बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई विजय गराउन अाफूहरु कटवद्ध भई लाग्ने प्रतिबद्धता जनाएका थिए ।

एमाले नेता तथा म्याग्दे गाउँपालिका २ बाम गठबन्धनका निर्वाचन प्रचार प्रसार संयाेजक श्यामलाल श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन माअाेवादी केन्द्रका नेता एवम् प्रचार प्रसार सहसंयाेजक शम्भु श्रेष्ठले गरेका थिए ।

 

 

 

 

तपाइको मत