बाल यौन दुराचारको आरोपमा क्यानेडीयन नागरिक पक्राउ

२५ चैत्र ०७४, काठमाडौं ।  क्यानेडीयन नागरिक पिटर जोन ग्यालगीसलाई  बाल यौन दुराचारको आरोपमा सीआईबीको टोलीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ग्यालगीसलाई काभ्रेको मन्डन, देउराउली नगरपालिकाबाट पक्राउ गरेको हो ।

विगत केही वर्षदेखि नेपालमा बसोबास गरिरहेका जोनका बारे विदेशबाट नै सूचना प्राप्त भएपछि सीआईबीले केही समय देखि अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताए ।

काभ्रेको मण्डन, देउपुर–१ मा जोन १४ रोपनी क्षेत्रफलमा रहेको विलासी घरमा बस्दै आएका थिए । उनले उक्त घरमा नै १२ र १४ वर्षका दुईजना बालहरुकसँग यौन दुराचार गर्ने गरेको दाबी सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले गरे । ‘हामीले दुई बालकको उद्दार गरी परिवारको जिम्मा लगाएका छौं,’ उनले भने ।

गैर नाफामूलक संस्था स्टि्रट किड्स इन्टरनेशनलका संस्थापक समेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए । त्यसपछि २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले अहिले ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएका छन् ।

विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने जोन ग्यालगीसले आफ्नो परिचयमा ‘बालबालिकाको साहस’ भन्ने गरेका छन् । तर, तीनै व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन् ।

तपाइको मत