बाह्रदशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेठ ०७९, झापा । जिल्लाको बाह्रदशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देविन्द्र प्रसाद चम्लागाई र उपाध्यक्षमा शान्तिदेवी सिवाकोटी विजयी भएका छन् ।

चम्लागाई ७ हजार १४८ मतसहित पालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्क प्रसाद राजवंशीले ४ हजार ३६१ मत पाए ।

यसैगरी पालिका उपाध्यक्षमा एमालेकै शान्तादेवी सिवाकोटी ६ हजार ६३६ मतसहित विजयी हुँदा राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ पाएकी छन् ।