बाैद्धिक चाेरी राेक्न नयाँ कार्यविधि

काठमाडौं । स्वदेशी विश्वविद्यालयबाट एमफिल र विद्यावारिधि (पीएचडी) गर्ने विद्यार्थीले अब बाैद्धिक चाेरी परीक्षण उत्तीर्ण गरेपछि मात्रै उपाधिकाे मान्यता पाउने भएका छन् । अाजकाे कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

एउटाले तयार गरेकाे शाेधपत्र (थेसिस) अर्काेले सार्ने प्रवृत्ति बढेपछि विश्वविद्यालय अनुदान अायाेगले मुलुकका सबै विश्वविद्यालयले पालना गर्नुपर्ने गरी एमफिल र पीएचडी उपाधिकाे न्यूनतम मापदण्ड र कार्यविधि ल्याएकाे हाे ।

अायाेगले पारित गरेकाे कार्यविधिमा नाैवटै विश्वविद्यालयका उपकुलपतिहरूले पनि सहमति जनाइसकेेेेकाे अायाेगले जनाएकाे छ ।

कार्यविधिमा भनिएकाे छ, `शाेधलाई अन्तिम स्वीकृति दिनुपूर्व विश्वविद्यालयले व्यवस्था गरेबमाेजिम बाैद्धिक चाेरी परीक्षण उत्तीर्ण गरेकाे हुनुपर्नेछ ।´

 

 

 

तपाइको मत