१४ असार ०७७, मोरङ । बिराटनगरस्थित होटल जेनियल शनिबारबाट पूर्णरुपमा बन्द भएको छ ।
श्रम ऐन २०७४ को सबै शर्तहरु पूरा गरी श्रमिकहरुलाई दिनुपर्ने सेवा सुबिधाहरु र नेपाल सरकारले लकडाउन अवधिको लागि निर्देशन गरेको पारिश्रमिकको भुक्तानी समेत दिई होटल व्यवस्थापन र ट्रेड युनियनको सहमतिमा होटल बन्द गरिएको हो ।
ब्यवस्थापन पक्ष र आधिकारिक युनियनबिच सहमति पत्रमा हस्ताक्षर गरी असोज महिनाभित्रमा ५७ जना श्रमिकलाई रकम फर्छ्यौट गर्ने शर्तनामासहित बिराटनगरको होटल जेनियल बन्द भएको हो ।
होटल बन्द हुनुको मूलकारण कोरोना भाइरस र लकडाउन रहेको बताइएको छ ।
होटल व्यवस्थापन पक्षबाट सञ्चालक/अध्यक्ष दिनेश सिटौला र प्रबन्ध निर्देशक रबि सिटौला र ट्रेड युनियनबाट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ, इकाई कमिटी होटल जेनियलका अध्यक्ष राजुु सापकोटा, उपाध्यक्ष श्याम कुमार अधिकारी साथै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष गंगाराम थापा र उपाध्यक्ष धर्मलाल माझीको रोहबरमा होटल बन्द गर्ने सहमति भएको हो ।
यस्तो छ दुईपक्षीय सहमति