बिराटनगर बिमानस्थल अपरान्ह ३ बजेसम्म मात्र खुल्ने

४ बैशाख ०७४, मोरङ । बिराटनगर बिमानस्थलको धावनमार्ग आइतबारदेखि  मर्मत सुरु भएसँगै बैशाख महिनाभर अपरान्ह ३ बजेसम्म मात्र खुल्ने भएको छ ।

नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहकाअनुसार बिमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम सुरु गरिएकाले दिउँसो ३ बजेपछि बिराटनगरवाट हुने सवै उडान स्थगित गरिएको छ ।

दैनिक दुई दर्जन विमानले उडान भर्ने पूर्वक्षेत्रकै सबैभन्दा व्यस्त क्षेत्रीय विमानस्थलको १५ सय मिटरको धावनमार्ग ३ वर्षपछि थप व्यवस्थित गर्न लागिएको हो ।

यहाँबाट नेपाल एरलाइन्स, यति, वुद्ध, सौर्य लगायतका विमानहरुले उडान भर्दै आएका छन् ।

तपाइको मत