बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन

११ कार्तिक ०८२, काठमाडौं । यसवर्षको छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ ।

सूर्यको पूजा आराधना गरी मनाइने छठ पर्व सोमबार नदी र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मंगलबर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भएको हो ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक प्रचलन रहेको छ ।