बीस वर्ष पुराना सवारी साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध

२३ माघ, काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघले २० वर्ष पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध जनाएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यही फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायात साधानमाथि रोक लगाउने सरकारी निर्णय मजदुरहरुको हकमा नभएको भन्दै त्यसको बिरोध जनाएको हो ।

कार्यक्रममा नेपाल यातायात महिला चालक समुहकी अध्यक्ष मिनाचन्द ठकुरीले मजदुरले गरी खाने बाटोलाई सरकारले बन्देज लगाएको आरोप लगाइन् ।

यातायात मजदुरहरुले आफ्नो सम्पूर्ण लगानी गरेर जिविकोपार्जजन गर्दै सेवा दिइरहेको बताउँदै सरकारको पछिल्लो निर्णयले यातायात व्यवसायी लगायत मजदुर वर्गलाई आफ्नै देशमा शरणार्थीको जीवन बिताउन बाध्य पार्ने बताइन् ।

तपाइको मत