८ जेठ ०७७, धादिङ । जिल्लाको गङ्गाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका एक बृद्ध ‘बृद्धभत्ता’ लिन जाँदा बेहोश भएर मृत्यु भएको छ ।
फूलखर्कमा रहेको एसबीआई बैंकमा वृद्धभत्ता झिक्न जाँदा बैंकमै बेहोश भई ढलेका रामबहादुर गुरुङलाई उपचारका लागि अस्पताल लैजानेक्रममा निधन भएको बताइएको छ ।
गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीकाअनुसार दमको रोगी रहेको ८३ वर्षीय गुरुङ बैंकमा लाइन बसेका बेला ढलेका थिए । उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो ।













