बृद्ध भत्ता ६५ वर्षमै दिने सरकारकाे निर्णय

१० माघ ०७४, काठमाडौं ।  सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो ।

सरकारले  बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको  र भूकम्पपीडितले पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय समेत गरेको  सिंचाइमन्त्री सञ्जय गौतमले जानकारी गराए ।

यसअघि भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय भइसकेको छ ।

 

तपाइको मत