१० भदौ ०७४, काठमाडौं । सरकारले विभिन्न दातृ निकायको सहयोगमा बेरोजगार युवाहरुलाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np वेबसाइट सुरु गरेको छ ।
यसमा विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी नोटिस राखिएको छ । आफ्नो योग्यता पुग्ने पदमा कहाँ जागरि खुलेको छ भन्ने थाहा पाउन यो साइट उपयोगी हुनेछ । उपयुक्त पदमा आवेदन गर्न यसले सूचना र सहायता प्रदान गर्छ ।
श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न, श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउन यो वेबसाइट प्रभावकारी हुने विश्वास गरिएको छ ।
अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । तर, अब भने सरकारी तवरबाटै यस्तो सुरु प्रयास भएको छ ।