बेलायत युरोपेली युनियनबाट बाहिरिने

१० असार, काठमाडौं । युरोपेली युनियन रहिरहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार भएको ऐतिहासिक जनमत संग्रहमा चुनावी परिणाम (ईयू)बाट बाहिरिने पक्षमा आएको छ । जनमत संग्रहमा झण्डै ५२ प्रतिशत मतदाताले ईयू छाड्ने पक्षमा मत दिएका छन् ।

बेलायतले ईयू छाड्नु पर्छ भन्ने पक्षमा ५१.९ प्रतिशत र रहनु पर्छ भन्ने पक्षमा ४१.१ प्रतिशत मत खसेको छ । बेलायत ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि प्रधानमन्त्री डेविड क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका छन् ।

जनमत संग्रहको परिणामसँगै यूके आईपीका नेता निगेल फारागले ब्रिटेनको स्वतन्त्र भएको बताएका छन् । युरोपेली संघ गठन भएयता २८ राष्ट्र सम्मिलित युरोपेली संघबाट सदस्यता त्याग्ने बेलायत पहिलो राष्ट्र बन्नेछ ।

तपाइको मत