२२ माघ ०७८, प्युठान । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप गौमुख गाउँपालिकास्थित ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।
जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइसकेको छैन ।













