२० माघ ०७८, काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंंकहरुसँग ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले अनुसन्धानका लागि विवरण उपलब्ध गराउन २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको हो ।
अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । १० लाखभन्दा कम रकम भने नगदमै कारोबार गर्न पाउने व्यवस्था छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सी जस्ता भर्चुअल कारोबार अवैध रहेको भन्दै राष्ट्र बैंकले कडा निगरानी गरिरहेको छ ।













