चिनियाँ लामा भन्छन् – बौद्ध स्तुपा बिवाद, मूलकारण आर्थिक

२० माघ ०७५, काठमाडौं । धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा)ले पत्रकार सम्मलेन गरी बौद्ध स्तुपामा देखिएको बिवादको मूलकारण आर्थिकसँग जोडिएको बताएका छन् ।

धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा) पत्रकार सम्मेलन गर्दै/तस्बिर: एस.बी.

चिनियाँ लामाले शनिबार पत्रकार सम्मलेन गरेर आर्थिक स्वार्थ बोकेका केही व्यक्ति र संस्थाले बौद्धमार्गीहरुको आस्था र विश्वासको केन्द्र बौद्ध स्तुपामा बिबाद सृजना गरेको बताएका हुन् ।

‘आफूहरूले गरेका सारा कर्तुतहरूको ढाकछोप गर्न नक्कली गुरु भन्दै भूपति बज्र लामाविरुद्ध झूठो आरोप लगाई प्रचारप्रसार गर्ने र बिबादमा मुछ्ने प्रयास गरेको हुँदा उनीहरुका निराधार, कपोलकल्पित आरोपको भ्रममा नपर्न स–प्रमाण यस पत्रकार सम्मलेन गरेका छौं ।’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बौद्ध धर्म दर्शन र धर्मगुरुहरुलाई अनाबश्यक बिवादमा मुछ्ने र लान्छना लगाउने कार्य हुन थालेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यो आफैँमा बौद्ध दर्शन र धर्मप्रतिको घोर अपमान हो । केही समययता आस्था र विश्वासको केन्द्र बौद्ध स्तुपा क्षेत्रमा केही संस्था र धर्मको आवरणमा धार्मिक भन्दा पनि आर्थिक पक्षमा केन्द्रित रहेर गलत कार्य हुन थालेका छन् ।’

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नामबाट जारी विज्ञप्तिमा विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभरका बौद्धमार्गीहरुको आस्था र विश्वासको धरोहर बौद्ध स्तुपामा आर्थिक स्वार्थ बोकेका केही व्यक्ति र संस्थाले बत्ती बाल्दा पैसा उठाउने, नियम विपरीत स्तुपा क्षेत्रमा छ्योमे घर (बत्ती बाल्ने ठाउँ) बनाउने, सम्पदा अतिक्रमण गर्ने, आर्थिक चलखेल गरेर नियम विपरीत स्तुपामा विदेशी लामाहरुको शिलालेखमा नाम राख्ने साथै स्तुपा जिर्णोदारकाक्रममा बौद्ध धर्म, परम्परा र पुरातात्विक नियम विपरीतका वस्तु समेत राखिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशी पर्यटकबाट लिइएको प्रवेश शुल्क समेत कोषको खातामा जम्मा नगरी रकम हिनामिना गर्ने कार्य समेत गरेका छन् । धार्मिक क्षेत्रमा हुने यस्ता गलत हर्कतले यतिबेला सम्पूर्ण बौद्धमार्गीमाथि प्रहार मात्र भएको छैन, स्वयम् बौद्ध दर्शनलाई नै बदनाम गर्न खोजिएको छ ।’

चिनियाँ लामाले घ्याङ गुठी र बौद्धलाई मागी खाने भाँडो बनाएको भन्दै ‘बौद्ध बचाऔं संघर्ष समिति’ले दुई दिनअघि पत्रकार सम्मेलन गरेर लामालाई बर्खास्त गर्नुपर्ने बताएको थियो ।

घ्याङ गुठीका नामबाट जारी विज्ञप्तिको पूर्णपाठ :

तपाइको मत