२० बैशाख ०७४, भक्तपुर । नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबीच भक्तपुरमा चुनावी तालमेल शुरु भएको छ ।
मध्यपुर ठिमी नगरपालिकामा माओवादी केन्द्रलाई समेत साथमा लिएर कांग्रेसविरुद्ध बामपन्थी तालमेल भएको एमाले अध्यक्ष राजेन्द्र राजथलाले बताए ।
मध्यपुरका ९ ओटा वडामध्ये तीन दलले तीन-तीन ओटा बाँडेका छन् ।
मध्यपुरमा एमालेले मेयर र मजदूर किसानले उपमेयर पाएका छन् । मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् भने उपमेयरमा नेमकिपाका केदार खड्का उम्मेदवार बनेका छन् ।
एमाले र मजदूर किसान पार्टीबीच सुर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि तालमेलको प्रयास भइरहेको छ । ती दुवै नगरपालिकामा एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् ।
नेमकिपाले उपमेयर दावी गरेको छ भने एमालेले वडाध्यक्षमा मिलाउन खोजेको छ ।
सदरमुकाम भक्तपुर नगरपालिकामा भने नेमकिपाले कसैसँग पनि तालमेल नगर्ने भएको छ ।
कांग्रेसबाट को को ?
नेपाली कांग्रेसले भक्तपुर नगरपालिकाको मेयरमा राम काँसुला र उपमेरमा गंगा अवाललाई उठाएको छ । त्यसैगरी मध्यपुर थिमीमा मेयर अष्ट कबे र उपमेयरमा अञ्जना मधीकर्मीलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिकामा कांग्रेसले राजाराम खड्कालाई मेयर र सरु बानियाँलाई उपमेयर बनाएको छ । सूर्यविनायक नगरपालिकामा कांग्रेसले विष्णुराज कार्की र उपमेयरमा कल्पना राजथलालाई उठाएको छ ।
एमालेबाट को ?
एमालेबाट भक्तपुर नगरपालिकमा मेयरमा विष्णु सुवाल र उपमेयरमा कृष्णमाया त्वायानाबासु उठेका छन् । चाँगुनारायण नगरपालिकाको मेयरमा सोम मिश्र र उपमेयरमा बिना बास्तोलालाई एमालेले उम्मेद्वार बनाएको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेले वासुदेव थापा र, उपमेयरमा जुना बस्नेतलाई टिकट दिएको छ ।
माओवादीबाट को ?
माओवादी केन्द्रबाट भक्तपुरको मेयरमा सत्यलाल मूल र उपमेयरमा इन्द्रमाया सुवालले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी चाँगुमा मेयर शिव अधिकारी, उपमेयरमा लक्ष्मी खड्का उठेका छन् । त्यस्तै सूर्यविनायकमा दिलकृष्ण तज र उपमेयमा पुण्यवती चौलागाईलाई माओवादीले उम्मेदवार बनाएको छ ।
नेमकिपाबाट को को ?
नेमकिपाबाट भक्तपुर नगरपालिकामा मेयरमा सुनिल प्रजापति, उपयमेयरमा रजनी जोशी, चाँगुमा मेयरमा न्हुँछे फोजु, उपमेयरमा गीता काफ्ले, सूर्यविनायकमा मनशोभा त्वाँटी र उपमेयरमा महेन्द्र बखुन्छेले मनोनयन दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईकाअनुसार राप्रपाबाट भक्तपुर नगपालिकामा मेयरमा रबिकृष्ण श्रेष्ठ, मध्यपुरमा मेयरमा राधा अधिकारी उपमेयरमा नगगेबिन्द शंकदेव, चाँगुमा रबिन्द्रप्रताप शाह, उपमेयरमा यबती कार्की, सूर्यविनायदक मेयरमा प्रविण ढुगेल, उपमेयरमा जयन्तीे महतले उम्मेदवारको मनोनय दर्ता गराएका छन् ।